अपडेट 
२०७७ श्रावण ७, बुधबार १३:१८

नेपाली बजारमा बुधबार एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि असार ३१ गते तोलाको ९२ हजार ८ सय रुपैयाँमा किनबेच भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो । मंगलबार भने छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

चीनबाट फैलिएको कोरोना भाइरसले विश्व बजार आतंकित हुन गइ शेयर बजारमा गिरावट आउनुलाई सुनको मूल्यले रेकर्ड कायम गर्नुको प्रमुख कारण मानिएको छ । यस्तै कोरोना प्रभावले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी आएपछि सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित भएपछि सुनको मूल्य आकाशिएको हो । अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पर्न गई मूल्यले करिब हप्ता दिनको फरकमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको विश्लेषकहरुको अनुमान छ ।

बुधबार तेजावी सुन प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य ९५ रूपैयाँले बढेर तोलामा एक हजार एक सय पैंतिस रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News