अपडेट 
२०७७ श्रावण ७, बुधबार १७:०२

पछिल्लो २४ घण्टामा नेपालमा एक सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत दुई सय ७ जना निको भएर डिस्चार्ज भएका हुन् । योसँगै नेपालका कोरोना भाइरस निको हुनेको संख्या १२ हजार ६ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल नेपालमा पाँच हजार तीन सय ७० जना सक्रिय संक्रमित रहेका छन् । नेपालका सातवटा जिल्लाहरू कोरोनामुक्त भएका छन् ।

Comment


Related News

Latest News

Trending News