अपडेट 
२०७७ श्रावण ८, बिहीबार ०९:०३

नेपालमा थप एक जनाको कोरोना संक्रमितबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

गण्डक अस्पतालमा उपचारत पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको पुष्टि भएको छ ।
गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भएको थियो ।

मृत्यु भइसकेपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News