अपडेट 
२०७७ श्रावण ८, बिहीबार १६:४०

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ५६ जनाले कोरोना जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत एक सय ५६ जना कोरोना भाइरस निको भएर डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार आठ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल नेपालमा पाँच हजार तीन सय ५८ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News