अपडेट 
२०७७ श्रावण ११, आईतवार ०७:०५

जनकपुरधाम । प्रदेश २ मा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम उच्च रहेको बेला कोरोना भाइरस(कोभीड– १९)को संक्रमणको परीक्षण गर्न आवश्यक भीटीएम ट्युको अभाव देखिएकोछ । प्रदेशको पूर्वी जिल्ला सप्तरीको सदरमुकाम राजविराज र पश्चिमी जिल्ला पर्साको वीरगञ्ज महानगरपालिकामा कोरोना भाइरस संक्रमण समुदायमा फैलिन सक्ने उच्च जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।केहि चिकित्साकर्मीहरुले त कोरोना भाइरसको संक्रमण समुदायमा फैलिसकेको दावी गर्न थालेकाछन् ।

पीसीआर टेस्टका लागि स्वाब संकलनमा प्रयोग हुने भीटीएम किटको अभाव भएकोछ ।सप्तरी र पर्सा दुवै जिल्लामा पीसीआर मेसिन रहेपनि भीटीएम अभावको कारण समुदायमा परीक्षण थालिएको छैन् । ‘प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रसित हाल १ हजार ५ सय भीटीएम रहेकोछ’आपूर्ती केन्द्रका प्रमुख डा.प्रमोद कुमार यादवले भने,केन्द्र सरकार सित तत्काल १० हजार माग गरिएकोछ । गत आर्थिक वर्षमा प्रदेश सरकारले ५० हजार भीटीएम खरिद गर्न बजेट विनियोजन गरेको थियो ।तर संक्रमण फैलिने क्रममा कमि आउन थालेपछि प्रकृया अगाडी बढाइएको थिएन् ।

‘पर्सा, बारा र सप्तरी जिल्लामा मास लेवलमा नै पीसीआर परीक्षणको आवश्यकता परेकोछ’डा.यादवले भने, केन्द्र सरकारले प्रदेश २ लाई प्राथमिकतामा राखेर भीटीएम उपलब्ध गराउनु पर्ने हो ।प्रदेश सरकारले अन्य प्रदेशको तुलनामा कोरोना भाइरस सम्बन्धी काम आफैले गरेको डा.यादवले बताए ।अन्य प्रदेशहरुलाई केन्द्र सरकारले आवश्यकता अनुसारको उपकरण र किटहरु उपलब्ध गराएको उनको कथन छ । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले ५० हजार भीटीएम खरिदको प्रकृयालाई फेरी अगाडी बढाएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

‘गत आर्थिक वर्षमा नै खरिद गर्ने निर्णय प्रदेश सरकारले गरिसकेको हो’उनले भने, प्रदेशमा अहिले जोखिम उच्च भएकाले तत्काल खरिदको प्रकृयालाई अगाडी बढाइनेछ । प्रदेश २ मा कोरोना भाइरसको सकृय संक्रमितको संख्या सर्वाधिक छ ।त्यसपछि सुदुर पश्चिम प्रदेशमा रहेकोछ ।प्रदेशगत रुपमा कोरोना भाइरस संक्रमितको संख्यापनि प्रदेश २ मा नै बढि रहेकोछ ।प्रदेश २ मा हाल सम्म कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भइसकेकोछ । प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न पीसीआर टेस्टलाई समुदाय स्तरमा नै लग्ने तयारीमा जुटेकोछ ।तर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कर्मचारीहरुमा देखिएको असन्तुष्टिले परीक्षण नै प्रभावित हुन थालेकोछ ।

Comment


Related News

Latest News

Trending News