अपडेट 
२०७७ श्रावण ११, आईतवार १९:००

वीरगन्ज महानगरपालिकाले आइतबारदेखि एक घर एक पीसीआर परीक्षण गर्ने अभियान शुरु गरेको छ । महानगरक्षेत्रमा संक्रमणसहितको कोरोना संक्रमितको संख्या ह्वातै बढ्नु र संक्रमणकै कारण ज्यान जान थालेपनि महानगरपालिका विरुद्ध चौतर्फी आलोचना शुरु भएपछि आजदेखि एक घर एक परीक्षण अभियान शुरु गरेको हो ।

महानगरले वीरगन्ज ९ रानीघाटबाट अभियान शुरु गरिएको छ । रानीघाटस्थित श्री रेल्वे माध्यमिक विद्यालयबाट पीसीआर स्वाब संकलन केन्द्रको स्थापना गरी स्थानियको स्वाब संकलन गरेको हो । मास टेस्टिङ्गको आधारमा पीसीआर परीरिक्षणको लागि स्वाब संकलन गर्ने कार्य शुरु गरिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताए ।

मास टेस्टिङ्गबाट निस्केका संक्रमितलाई जसरी पनि आईसुलेट गरेर उपचार गर्नुपर्छ होईन भने, एकजना संक्रमितले ४ सय जनालाई यो रोग सार्न सक्छ र पुरै देशनै संक्रमित हुन सक्छ । संक्रमितको लागि छुट्टै ठाउँठाउँमा काउन्सलिङ्ग र औषधी व्यवस्थापन सेन्टर स्थापना जनताको सेवामा लाग्ने उनले बताए ।

वीरगन्ज महानगरपालिकासंगै स्थानिय प्रशासन र स्वास्थ्य कार्यालयले पनि आजदेखि बृहत रुपमा छुट्टाछुट्टै संक्रमितहरुको कन्ट्राक्ट ट्रेसिङ्गको आधारमा पीसीआर कलेक्शन गर्ने काम शुरु गरेको छ । उनीहरुले माईस्थान, राधेमाई र नारायणी अस्पतालमा पीसीआर कलेक्शन गर्ने काम शुरु गरेको हो ।

Comment


Related News

Latest News

Trending News