अपडेट 
२०७७ श्रावण १२, सोमबार ०६:४७

भारतमा एकैदिन ५० हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका हुन् ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुँदै आएको भारतमा सोमबारको यो तथ्यांक नयाँ रेकर्ड हो । भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News