अपडेट 
२०७७ श्रावण १२, सोमबार १६:३७

नेपालीलाई आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा जान भारतले फेरि रोक लगाएको छ । भारतले नेपालको प्रशासनलाई पत्रचार गरेरै लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपालीलाई रोक लगाएको हो ।

ती ठाउँमा नेपालीलाई रोक्न भारतले दार्चुला प्रशासनलाई पत्रचार नै गरेको छ । भारतको धार्चुला प्रशासनबाट प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभएको छ । भारतले नेपाली भूमि कालापानीमा ब्यारेक स्थापना गरेर  लिपुलेकबाट चीनकाे कैलाश मानसराेवर जाने सडक  निर्माण गरेको छ । नेपाली भूमिमा भारतले सडक निर्माणा गरेपछि त्यसकाे चाैतर्फी विराेध भइरहेकाे छ ।  आफ्नो भूमि कमयम तथा सुरक्षाको लागि नेपालले त्यस ठाउँमा सुरक्षकर्मी परिचालन गरिसकेको छ ।

नेपालले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक लगायतका भू–भागसहितको नयाँ नक्शा जारी गरेर त्यसको कार्यान्वयन थाले पछि भारतले ती ठाउँमा नेपालीलाई जान रोक लगाएको हो । नेपाल सरकारले कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेर सीमा सुरक्षा थालेको छ । त्यहाँ सडकको ट्रयाक खोल्ने कार्य समेत भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News