अपडेट 
२०७७ श्रावण १२, सोमबार १७:१४

कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।

Comment


Related News

Latest News

Trending News