अपडेट 
२०७७ श्रावण १२, सोमबार १८:२६

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा १९ जना, सप्तरीमा १३ जना, महोत्तरीमा १० जना र धनुषामा १० जना व्यक्ति संक्रमित भएका छन् ।

महोत्तरीमा संक्रमण पुष्टि भएकाहरुमा गौशाला नगरपालिका वडा नम्बर– १,२,५ र ११ का १२ र २२ वर्षीया २ जना महिला र १८ देखि ४५ वर्ष उमेर समुहका ८ जना पुरुष समेत संक्रमित भएका छन् भने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर–८ स्थित क्वारेन्टाईनमा रहेका ३० देखि ४५ वर्ष उमेर समुहका ४ जना पुरुष, गणेशमान चारनाथ नगरपालिका दुखनीदेवी अस्पताल विरेन्द्रबजारका २८ र ३५ वर्षिय २ जना पुरुष, विदेह नगरपालिका वडा नम्बर–५ तिनकौरिया क्वारेन्टाईनमा रहेका १९ देखि ४५ वर्ष उमेर समुहका ३ जना पुरुष र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ की ३३ बर्षिया एक महिला कोरोना संक्रमणको चपेटमा परेका छन् ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–२,१०,११,१४ र १६ का २५ देखि ६५ बर्ष उमेर समुहका ९ जना पुरुष, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ श्रीपुर पचगावाका ४० बर्षिय एक पुरुष, पर्सागढी नगरपालिका बदनिहार क्वारेन्टाईनका २३ र २८ वर्षीया २ जना महिला र ३५ देखि ४५ वर्ष उमेर समुहका ४ जना पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर–६ माइस्थान रोडका १२ र ४० वर्षीया २ जना महिला र ९ वर्षीय एक बालक रहेका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–२ र ८ का उमेर नखुलेको एक महिला र २१ वर्षीय २ जना पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ र १२ का उमेर नखुलेको एक महिला र २६ र २७ वर्षीय २ जना पुरुष, डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ का ३६ वर्षीय एक पुरुष तथा राजगढ गाउँपालिका वडा नम्बर–२,३,४ र ५ का २० देखि ३० वर्ष उमेर समुहका ६ जना पुरुषहरु संक्रमित भएका छन् ।

Comment


Related News

Latest News

Trending News