अपडेट 
२०७७ श्रावण १४, बुधबार ०७:३१

गएको २४ घण्टामा विश्वभर २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै हो ।

केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका वल्डोमिटरले जनाएको छ ।  यसअघि हिजो २ लाख १८ हजार र अस्ति २ लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा २ लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् । योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये १ करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् । 

२४ घण्टामा २ लाखभन्दा धेरै निको भएका छन् । गएको २४ घण्टामा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ६१ हजार, भारतमा साढे ४९ हजार र ब्राजिलमा ४१ हजार नयाँ बिरामी थपिएका वल्डोमिटरले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News