अपडेट 
२०७७ श्रावण १४, बुधबार १२:१६

सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ ।

आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ । 

आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ । सुनको भाउ बढे पनि चाँदी भने आज तोलामा २० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News