अपडेट 
२०७७ श्रावण १४, बुधबार १२:३८

विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथामफेटामाइन आइस लागुऔषधसहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।

विराटनगर बरगाछीबाट पक्राउ परेका पोखरेलको साथबाट २ सय २२ ग्राम मेथान्टामाइन बरामद भएको थियो । अनुसन्धानका क्रममा घरमा पनि लुकाएको पाइएपछि प्रहरीले थप पाँच सय ३० ग्राम बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले लागूऔषध बरामद गरेको थियो । मेथामफेटामाइनलाई नयाँ प्रकृतिको खतरनाक लागुऔषध मानिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विश्वको महंगो सूचीमा पर्ने लागुऔषध मोरङमा बरामद भएको पहिलो घटना हो । हाइप्रोफाइल ड्रग्सको रुपमा परिचित यो लागूऔषध प्रदेश १ मा पहिलो पटक बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । ‘काठमाडौंमा १–२ पटक यो लागुऔषध बरामद भएको छ,’ उनले भने ‘पूर्वमा पहिलो पटक हो ।’

उनका अनुसार पक्राउ परेका पोखरेलमाथि अनुसन्धान भइरहेको छ । विषेश सूचनाका आधारमा विराटनगरबाट पक्राउ परेका पोखरेलले नेटवर्क बनाएर लागुऔषधको कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comment


Related News

Latest News

Trending News