२०७७ श्रावण १५, बिहीबार १६:०८

कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिकाको कार्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

जलेश्वर नगरपालिकाले एक सूचना जारी गरि आजदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सबै सेवाहरु बन्द गरेको जनाएको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउन १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अति आवश्यक सेवा बाहेक जलेश्वर नगरपालिकाले आफ्नो कार्यालय बन्द गरेको नगरप्रमुख रामाशंकर मिश्रले बताए ।

नगरपालिकाले संक्रमण फैलिन नदिनका लागि सतर्कतका साथ बस्न समेत सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ ।

Comment

Related News

Latest News

Trending News