अपडेट 
२०७७ श्रावण १६, शुक्रबार १०:०६

  • रामकुमार महतो

निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी (सह-सचिव) पद मधेशी युवाको लागि फलामको च्यूरा सावित भइरहेको अवस्थामा भर्खरै समावेशी समूहको मधेशी कोटाबाट सह-सचिव पदमा सिफारिस भई नियूक्ती हुन सफल भएका एक मधेशी यूवा हुन रामकुमार महतो । २०५६ सालमा निजामती सेवाको श्रेणी विहीन पद पियनबाट सरकारी सेवामा प्रवेश गरी राष्ट्र र जनताको सेवा गर्ने अठोट लिएका थिए उनले । तर दूर्भाग्यवश पियन पदमा सफल हुन सकेनन् उनी । निरन्तर मिहिनेत र लगनशीलतालाई निरन्तरता दिदै २०५९ साल असोज १६ गते लोक सेवा आयोगबाट सह- लेखापाल पदमा सफल भए उनी र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानमा सिफारिस भए । केही वर्ष पछि सल्यानबाट पशु सेवा कार्यालय धनुषामा सरुवा भए । सरकारी सेवा सँगै अध्ययनलाई निरन्तरता दिने स्वाभाव थियो उनको । मिहिनेत गर्ने, असफलता सँग हार नखाने र निस्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा करिअरको आकर्षक प्लेटफर्म हो, धारणा बोकेको थिए ।

उनी निजामती सेवा मार्पmत देश र जनताको सेवा गर्न सकिन्छ, भने उत्साह बोकेर अगाडी बढेको भन्छ उनी । निरन्तरको मिहिनेत र आत्मविश्वासले अघि बढ् दा सफलता हात लाग्छ, उनलाई विश्वास थियो । २०६६ सालमा उनी लेखा समूहको लेखापाल पदमा उर्तीण भएर चरण तथा घाँसेवाली विउ वृद्धि फर्ममा जिम्मेवारी सम्हाले । २०६८ सालमा लोक सेवा आयोगले शाखा अधिकृत, (राजपत्रांकित तृतिय श्रेणी) को विज्ञापित पदमा आवेदन दिएर तयारीमा जुटे । निरन्तरको मिहिनेत र आत्मविश्वासले उनी सफल पनि भए । शाखा अधिकृतको पदस्थापन इलाका प्रशासनकार्यालय, कंचनपुर सप्तरीमा भयो उनको । निजामती सेवाको पिपन पद (श्रेणी विहीन) बाट यात्रा सुरु गरेको र निजामती सेवाको नीति निर्माण तह सह-सचिव (प्रथम श्रेणी) सम्म पुगेका उनै रामकुमार महतो सँग टुडेकर्मी राजेन्द्र यादवले गरेका कुराकानीका सम्पादित अंश- प्र. निजामती सेवाको पियन पदबाट नीति निर्माण तहमा पुग्दा कस्तो अनुभव भइरहेको छ ? सेवा प्रवेशको १८ औ वर्षमा पुगेको छु ।

निजामती सेवामा लागेको करिव २ दशक हुन लागेको छ । अहिले सम्मको अनुभव राम्रै छ । जहाँसम्म तपाइले सह-सचिव बन्न पाउदा कस्तो अनुभव गर्नु हुन्छ सोध्नु भयो ? खुशी नै छु । आफूसँग भएको ज्ञान, विवेक, उर्जालाई अधिकतम प्रयोग गर्दै राष्ट्र र जनताको सेवालाई मुख्य केन्द्रविन्दु मानी अघि बढ्दै आएको छु म जहिल्ये नि जुनसुकै कार्यालयमा हुँदा त्भबm धयचप मा विश्वास गर्छु । कार्यालयको तोकेको काम र लक्ष्य प्राप्तीको लागि कार्यालय प्रमुख लगायत सम्पूर्ण कर्मचारीको योगदान समान हुनुपर्छ भने धारणा राख्छु । नागरिककै सेवाको लागि आपूmहरु रहेको, सार्वजनिक सेवा प्रवाहप्रति पवित्र भावना बोकी अगाडी बढिरहेको छु । निरन्तर मिहिनेत गर्दै गयो भने सफलता अवश्य नै भेट्छ । हरेस खानु हुँदैन् असफलता नै सफलताको आधारस्तम्भ हो ।

प्र. धनुषाको स्थानीय तह नगराइन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई कार्य सम्पादन गरेकै हो, स्थानीय तहमा काम गर्न कतिको सजिलो छ ? सिकाईको चरणमा छ, स्थानीय तह । जुन २० वर्ष जनप्रतिनिधिविहीन भयो नि, त्यसले नै समस्या निम्तियायो । यसपछि एकैपटक नयाँ नयाँ जनप्रतिनिधिहरु चुनिएका छन् । पुराना अनुहारहरु धेरै कम आएका हुन् । नयाँ मध्ये अधिकांशलाई ऐन, कानूनसँग विधिको शासन, सुशासनका कुराहरु जानकारी नहुँदा सिकाईको चरणमा रहेको छ । नगराईन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा जनप्रतिनिधिहरुसँग बैठकमा एउटै कुरा भन्थे-हामी भनेको देश र जनता सेवाका लागि हौं । न की शासन गर्नलाई । राज्य सत्ताको सार्वभौम शक्ती जनता नै हुन् । हाम्रो उद्येश्य एउटै हो । सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्नु ।

कर्मचारीको हकमा समग्रमा स्थानीय तह जटिल छ । नगराइनमा हुँदा समग्रमा विवादरहीत तवरले संचालन गरे । प्र. अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच मनमुटावको स्थिति देखिन्छ ? स्वार्थ परित्याग गरी अगाढी बढयो भने मनमुटावको स्थिति आउँदैन । जहाँ नियम कानून संगत हुने प्रकृतिका कामहरु गर्न जनप्रतिनिधिहरुबाट दबाब आउँछ, त्याहाँ मनमुटावको स्थिति उत्पन्न हुन्छ । स्वार्थ परिपूर्ती हुँदैन भने त्यहाँ द्वन्द उत्पन्न हुन्छ । साकारात्मक परिवर्तनको लागि द्वन्द हुनुपर्छ नभई परिवर्तन हुँदैन । कर्मचारी भनेको प्रचलित कानूनको परिधि भित्र रहि कार्य संचालन गर्ने जिम्मेवारी पाएका प्राणी हो । प्र. जनप्रतिनिधिलाई प्रमुख प्रशासकीय अधिकृतले टेरेनन् भन्ने प्रश्न उठेको छ नि ? कानूनद्वारा प्रदत हकअधिकार, सेवा जनताले निर्वाद रुपमा हक भोग गर्न पाउनु पर्दछ ।

जनता सेवा गर्न हामी आएका हौं । हामी नेपाल सरकारबाट जनता सेवाको लागि छनौट भएर आएका हौं भन्ने भावनाले सेवा प्रवाह गर्नुपर्छ । प्रक्रियामुखि सेवाभन्दा नतिजामुखि सेवामा जोड दिनुपर्छ । जति दिन जहाँ बस्छु, जनता सेवा गर्छु । सेवाग्राहीले पनि आप्mनो दायित्व र जिम्मेवारी बुझिदिएमा अझ सेवा प्रवाहमा प्रभावकारिता आउने छ । जहाँसम्म जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृतले टेरेन् भन्ने कुरा छ । प्रचलित ऐन कानूनसँग मिल्ने काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो । कानून विपरित काम गर्न जनप्रतिनिधिहरुबाट दबाब आउने गरेकोले गर्न नसकिएमा टेरेन भन्ने आरोप लाग्छ ।

सेवाग्राही र सेवाप्रदायक बीच सुमधुर सम्बन्ध राख्ने राजनीतिकर्मी र कर्मचारीको दायित्व हो । आप्mनो दायित्व नबुभ्mने अनि प्रमुख प्रशासकीय अधिकृतले टेरेन भन्ने आरोप लगाउने गरेका छन् । प्र. स्थानीय तहमा काम गर्ने चुनौती छ । तर, स्थानीय तहको चुनौतीको सामना गर्दै सह-सचिवमा नाम निकाल्न सफल हुनुभयो । भनिन्छ, सहसचिवमा नाम निकाल्नको लागि महिनौ ढोका थुनेर अध्ययन गर्नुपर्छ ? यहाँले कुनै सुत्र हात पार्नुभएछ की ? नगराइन नपाको प्रमुख प्रशासकीय अधिकृत रहँदा जनकपुरधाम नजिक भएता पनि नपामै बस्थे । कुनै पनि हाकिम बस्नुभएन् । एक दिन समान्य र्दुव्यवहारको सामना गर्नुपर्यो ।

कामको जोखिम हुँदाहुँदै काम सकेर बचेको समय अध्ययन राति, बिहान समय व्यवस्थापन गरेर उच्च तह प्रशासनिक सेवामा काम गर्न उत्साहित थिए । पाठ्यक्रम घोकेर भन्दा कामको व्यवहारिक पक्षको अनुभव बुभ्mनलाई कार्यालयमा बस्थे । जनताको समस्या र तीनका समस्याको उपायहरु बारे मनन गर्थे । सरकारी तवरबाट हुनुपर्ने के हो, भइरहेको के छ । यावत विषयमा चिन्तन गर्थे । व्यवहारिक अध्ययन, सैद्धान्तिक पत्रपत्रिका यावत समाग्रीहरु संकलन गरी अध्ययन गर्थे । स्थानीय तहमा मुख्य चुनौती क्षमता विकासको हो ।

नयाँ नयाँ प्रकृतिका समस्याहरु आउने , नयाँ संरचना, नयाँ संविधान, धेरै ऐन कानून कार्य विधिहरुको अभावले राजनीतिकर्मी र कर्मचारी बीच नमिल्नु विधि प्रक्रिया, जनशक्ती अभाव, पूर्वाधार अभाव लगायतका पक्षहरुमा उल्लेख्य सुधार हुन नसकेकोले स्थानीय तहको स्थिति समग्रमा दयनीय देखिन्छ । आन्तरिक श्रोत परिचालन र सो को समुचित व्यवस्थापन हुन नसकेकोले अपेक्षित परिणाम आउन नसकेको यथार्थलाई स्वीकार गर्नैपर्छ । साधनश्रोत सीमित तथा जनअपेक्षा अधिकतम भएकोले एक किसिमको निरासा जनतामा देखिन्छ । स्थानीय तहहरुको परनिर्भरता संघीय सरकार र प्रदेश सरकारमा बढ्दै गइरहेको छ ।

बजेट वितरण प्रणाली, प्राथमिकीकरण आवश्यक्ताको आधारमा नभई राजनीति वाँडफाँटको आधारमा भइरहेकोले यसलाई नियन्त्रण गर्नु आवश्यक छ । बजेट वितरण प्रणाली वैज्ञानिक हुनुपर्छ । जहाँसम्म सफलताको सुत्रको कुरा गर्नुभो । कुनै सुत्र त्यस्तो मैले हात पारेको छैन् । निरन्तरको मिहिनेत र आत्मविश्वासको प्रतिफल हो यो । निजामती सेवामा भविष्य देख्नेहरुलाई केही सुझाव छ ? सर्वप्रथम आत्मविश्वास (सेल्फ कन्फिडेन्स) हुनुपर्यो । विश्वास, संकल्प,अध्ययन (अर्जुनदृष्टि) कुन क्षेत्रमा जानुपर्ने हो । त्यसतर्पm बाटो तय गर्नुपर्छ । जो सुकै क्षमता विकास गरी अव्वल स्थापित भइन्छ । अध्ययन त्यति जटिल छैन,जसरी किसानले कृषि कर्म कडा र जटिल छ । किसानको दैनिकी कहिल्यै अन्त्यहुँदैन । निर्धारित पदको लोकसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम सँग छुर्रा जस्तो तेजिलो बनाई अध्ययन गर्नुपर्छ । मेरो बुझाईमा अधिकांश मानिसहरुको स्मरण शक्ती औषत हुन्छ ।

जसको समुच्चित प्रयोग गरेन भने छुर्रामा खिया लागेको जस्तो भुतो हुन्छ । रिपिट एण्ड रिपिट । लक्ष्य निर्धारण दृढ संकल्प गरी गन्तव्य तय गरी अध्ययन गरेमा यस सेवामा आउने साथीहरुको भविष्य उज्जवल देख्छु । आत्म विश्वासका साथ अगाडी बढे भने सफल अवश्य नै भइन्छ ।

Comment


Related News

Latest News

Trending News