अपडेट 
२०७७ श्रावण १८, आईतवार १६:३२

सरकारले कोरोना महामारी फैलिएको प्रदेश २ मा उच्च स्तरीय स्वास्थ्य टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली प्रदेश २ को वीरगञ्ज र जनकपुरमा पठाइएको हो । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।

Comment


Related News

Latest News

Trending News