अपडेट 
२०७७ श्रावण २०, मंगलवार ०७:३१

कोरोना सङ्क्रमणको जोखिम बढेपछि सप्तरीमा आजबाट निषेधाज्ञा जारी गरिएको छ । सप्तरी जिल्लाभरि एक हप्ताका लागि निषेधाज्ञा जारी भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले सप्तरीमा अहिलेसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि आज बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनावश्यक हिँडडुल, आवतजावत गर्न पाइँने छैन ।

त्यस्तै औषधि पसल, खाद्यान्न, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा आन्तरिक सुरक्षा कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशपजस्ता अत्यावश्यक सेवाबाहेकका अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News