अपडेट 
२०७७ श्रावण २०, मंगलवार १४:०४

महोत्तरीको जलेश्वर नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जलेश्वर नगरपालिकाका ५२ जना कर्मचारीहरुको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि पठाउँदा सोमबार आएको रिपार्टमा २२ जना कर्मचारी संक्रमित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु राज कडरीयाले जानकारी दिए ।

हाल जलेश्वर नगरपालिकाको कार्यालय अनिश्चितकालसम्मका लागि सिल गरिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ को तथ्यांक अनुसार महोत्तरीमा ८ सय २३ जना कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु समेत भईसकेको छ ।

Comment


Related News

Latest News

Trending News