अपडेट 
२०७७ श्रावण २०, मंगलवार १६:३८

नेपालमा मंगलबार थप २५९ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २५९ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २१ हजार ९ जना पुगेको छ । त्यस्तै कोरोनाबाट मोरङमा एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । हालसम्म १५, ०२६ जना डिष्चार्ज भएका छन् भने गत मंगलबार थप ६५ जना डिष्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो ।

त्यस्तै हाल संक्रिय संक्रमितको सख्या ५९२५ जना रहेका छन् भने क्वारेन्टाइनमा १०,४५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News