अपडेट 
२०७७ श्रावण २२, बिहीबार १२:०१

विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कार्कीका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ । विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् ।

Comment


Related News

Latest News

Trending News