अपडेट 
२०७७ श्रावण २२, बिहीबार १६:३३

बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ३३ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको कुल सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।

मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएकाे जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News