अपडेट 
२०७७ श्रावण २३, शुक्रबार १२:२९

विराटनगरको कोशी अस्पतालमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर- ९ का ५८ वर्षीय अग्रवाल थरका पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान आफन्तले अस्पताल पूर्‍याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो । आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । एकसाता यता ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएका पुरुषलाई निमोनियाको पनि समस्या थियो । शुक्रबार बिहान ९ : १५ मा अस्पताल आएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएकाले शवलाई आइसोलेसनमा राखेर कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए । ‘लक्षण मिल्दो जुल्दो लक्षण देखिएकाले भएकाले स्वाब संकलन गरी परीक्षणमा पठाएका छौं,’ उनले भने, ‘दिउँसोसम्म रिपोर्ट आउँछ ।’

यसअघि विराटनगरमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भइसकेको छ । विराटनगर – ७ का ७७ वर्षीय वृद्ध र विराटनगर ९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News