अपडेट 
२०७७ श्रावण २५, आईतवार ०७:२१

पाकिस्तान विरुद्धको पहिलो टेस्ट घरेलु टिम इंग्ल्याण्डले जितेको छ ।

म्यानचेस्टरमा राति भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै पहिलो टेस्ट आफ्नो पक्षमा पारेको छ । पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्याण्डले ७ विकेट गुमाएर पूरा गर्यो ।  यसअघि दोस्रो इनिङमा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्याण्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले पहिलो इनिङमा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो ।

पहिलो टेस्ट जितेसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १ शून्यको अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।

Comment


Related News

Latest News

Trending News