अपडेट 
२०७७ श्रावण २५, आईतवार ११:३७

लगातार बढेको सुनको भाउ आज भने तोलामा ९ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्टिय बजारमा आज १८ डलरले भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो । अस्ति शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो । 

यस्तै आज सुनको भाउ घटे पनि चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News