अपडेट 
२०७७ श्रावण २६, सोमबार ०६:५१

कोरोना भाइरसको जोखिम बढेसँगै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जोखिमलाई दृष्टिगत गर्दै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारीसाधनको आवागमनमा जोर बिजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आइतबार सर्कुलर जारी गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थालाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैङ्किङ सेवा प्रवाहलाई निरन्तरता दिन तथा राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ । प्रादेशिक शाखाहरू न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News