अपडेट 
२०७७ श्रावण २७, मंगलवार ०९:०३

मंगलबार मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले देशका अधिकांश भूभागमा समान्यदेखि पूर्णबदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । मंगलबार दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी र सुदुर पश्चिम प्रदेशका १ वा २ स्थानमा भारी वर्षाको सम्भावना रहेको र राति देशभर सामान्य बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षा हुनसक्ने जल तथा मौसम महाशाखाले पूर्वानुमान गरेको छ ।

Comment


Related News

Latest News

Trending News