अपडेट 
२०७७ श्रावण २८, बुधबार ०९:४३

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ ।

राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।  गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । 

जसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News