अपडेट 
२०७७ श्रावण २८, बुधबार १९:२२

प्रदेश २ मा बुधबार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार सप्तरीमा ४७ जना, महोत्तरीमा ४३ जना, सर्लाहीमा ४२ जना, धनुषामा ३९ जना, बारामा ३५ जना, रौतहटमा २७ जना, सिरहामा २४ जना र पर्सामा ४ जना व्यक्ति संक्रमित भएका छन् ।

कहाँ कहाँ संक्रमण पुष्टि

सप्तरीको रुपनी गाउँपालिकामा ५ जना, तिलाठी कोइलाडी गाउँपालिकामा ६, सप्तकोशी नगरपालिकामा १, डाक्नेश्वरी नगरपालिकामा १, राजविराज नगरपालिकामा ३० र हनुमाननगर कंकालिनी गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महोत्तरीको जलेश्वर नगरपालिकामा ९, मालपोत कार्यालय जलेश्वरमा २८, लोहरपट्टी नगरपालिका, बलवा नगरपालिका, जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, महोत्तरीकै प्रादेशिक अस्पतालमा रहेका र ठाउँ नखुलेको स्थानका एक÷एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्लाहीको मलगङ्गवा नगरपालिकामा १, बरहथवामा १, चन्द्रनगरमा १, नकैलवामा १ र ठाउँ नखुलेको स्थानका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै धनुषामा जनकपुरधाममा ९, नगराईन नगरपालिकामा ६, धनौजी गाउँपालिकामा १३, स्पर्श नेपालमा कार्यरत जनकपुरका २, रानी बगिया ३ घर भई प्रादेशिक अस्पतालमा रहेका १, प्रादेशिक अस्पतालका ५, धनुषाधाम नगरपालिकाका १ र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाराको सिमरामा ११, जीतपुरमा ५, कलैयामा १, देवतल गाउँपालिकामा ६, कोल्हवि नगरपालिकामा ३, कटहरियामा ५ र ठाउँ नखुलेको स्थानका ४ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको चन्द्रपुर नगरपालिकामा १, गुजरा नगरपालिकामा ८, बौधिमाई नगरपालिकामा १, परोहा नगरपालिकामा ७, गरुडा नगरपालिकामा २ र ठाउँ नखुलेको स्थानका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सिरहाको गोलबजार नगरपालिकामा २, सिरहा नगरपालिकामा ११, धनगढीमाई नगरपालिकामा १, सुखीपुरमा ८, सखुवामा १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगंजमा २ जना र ठाउँ नखुलेको स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Comment


Related News

Latest News

Trending News