अपडेट 
२०७७ श्रावण २९, बिहीबार ०७:०४

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । बुधबार सूचना जारी गरि मन्त्रालयले आज बाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्ने निर्देशन दिएको हो ।  मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ । सरकार साउन ५ गतेबाट १२० दिन लामो लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना सक्रमण ह्वात्तै बढेको छ ।

Comment


Related News

Latest News

Trending News