अपडेट 
२०७७ श्रावण २९, बिहीबार ०७:२१

भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको बुधबार हृदयघातले मृत्यु भएको छ ।

भारतीय कांग्रेसले ट्वीटरमार्फत उनको मृत्युको पुष्टि गरेको छ । कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छन् । गाजियावादमा निधन हुनु २ घण्टाअघि उनी आज तकको लाइभ अन्तरवार्तामा सहभागी भएका थिए ।

राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागी पनि प्रवक्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News