अपडेट 
२०७७ श्रावण २९, बिहीबार ११:४९

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिका देखि ६२ वर्षका रहेका छन् ।
 
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बुधबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका १ जना र पर्सा जिल्लाका ३४ जनासहित थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित रेलवे माध्यमिक विद्यालय र त्रिजुद्ध माधमिक विद्यालयमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । रेलवेको कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छन् भने त्रिजुद्धको कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितहरु वीरगन्ज महानगरपालिका वडा नं. ९ को रानीघाट र श्रीपुर, वडा नं. १०को घडीअर्वा पोखरी, वडा नं. ११ को पानिटंकी, वडा नं. ६ को माइस्थानका रहेका छन् । त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ का दुई जना र बाराको प्रसौनी गाउँपालिकाका वडा नं. १ का एक जनापनि सङ्क्रमित भएको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

साउन २१ गते देखि २४ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News