अपडेट 
२०७७ श्रावण २९, बिहीबार १६:२३

जिल्ला संकट व्यवस्थापन समिति धनुषाले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन सम्बन्धी निर्णय गरेको छ ।

समितिले सार्वजनिक गरेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव सम्बन्धित पालिकाले व्यवस्थापन गर्नुपर्ने र मृतकको शव व्यवस्थापन गर्ने स्थान, डोजर, गाडी लगायतका श्रोत साधनहरु समेत सोही पालिकाले नै व्यवस्था मिलाउनुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिए ।

यदि उपचारका क्रममा अन्य कुनै पालिकाका संक्रमित व्यक्तिको जनकपुरमा मृत्यु भएमा जनकपुरधाम उपमहानगरपालिकाले तत्कालै उनको शव व्यवस्थापन गर्नुपर्ने हुन्छ । शव व्यवस्थापनका लागि आवश्यक पर्ने श्रोत साधनहरु समेत उपमहानगरपालिकाले नै व्यवस्था मिलाउनुपर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेकोले नगराईन नगरपालिका वडा नम्बर–५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा रहेको आइसोलेसन सेन्टरमा तत्कालै ५० वटा बेड थप्ने र जटहिस्थित शहिद दुर्गानन्द अस्पतालको नवनिर्मित भवनलाई व्यवस्थित गरि त्यसलाई आइसोलेसन सेन्टरमा परिणत गर्ने निर्णय समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत मिश्रले बताए ।

Comment


Related News

Latest News

Trending News