अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार ०७:००

बारामा भारतीय मजदुरलाई प्रवेशमा राेक लगाइएकाे छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बिहीबार एक सूचनामार्फत कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगहरुमा भारतीय कामदार राख्न प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ ।

बाराका उद्योगहरुले कामदारका लागि उद्योग परिसरबाहिर आइसोलेशनको व्यवस्था मिलाउनुपर्ने र उद्योगका मजदुर तथा कर्मचारी र उनीहरुका परिवारको पीसीआर परीक्षणको व्यवस्थासमेत उद्योगले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्योगमा कार्यरत सम्पूर्ण जनशक्तिको विस्तृत विवरण तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ । यस्तै प्रशासनले साउन ३२ गतेसम्म सुक्खा बन्दरगाह हुँदै कच्चा पदार्थ बोकेर आएका मालवाहक गाडीलाई समेत उद्योग प्रवेशमा रोक लगाएको छ । 

Comment


Related News

Latest News

Trending News