अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार १८:००

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नाे अनुमति विना कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीहरुको रेफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ उपत्यकासहित कतिपय ठाउँमा सघन उपचार कक्ष (आईसीयू) तथा भेन्टिलेटरको अभाव हुन थालेको भन्दै कोरोना पुष्टि भएका बिरामीलाई जथाभाबी रेफर नगर्न निर्देशन दिएको हो ।

सबै निजी अस्पताललाई समेत २० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन यसअघि नै निर्देशन दिएको भन्दै प्रवक्ता गौतमले कुनै सङ्क्रमितलाई अर्को अस्पतालमा लैजानै पर्ने अवस्था आएमा मन्त्रालयबाट अनुमति लिएर हव अस्पतालसँगको समन्वयमा मात्र रेफर गर्नुपर्ने बताउनुभयो । 

Comment


Related News

Latest News

Trending News