अपडेट 
२०७७ श्रावण ३०, शुक्रबार १८:११

शुक्रबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा प्रतिनिधिसभा सदस्य डा.यादवसहित ४८ जनामा संक्रमण पुष्टि भएको हो । प्रतिनिधिसभा सदस्य डा.यादव धनुषामा जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य हुन ।

त्यस्तै, जनकपुरधामस्थित जानकी हेल्थ केयरमा कार्यरत एक जना चिकित्सिकसहित ४ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यस्तै जनकपुरधामस्थित मुक्ति विकास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा जनकपुरधाम उपमहानगरका २२ जना, धनुषा मिथिला बिहारी नगरपालिकाका १ जना, बटेश्वर गाउँपालिकाका १ जना, हंसपुर नगरपालिकाका १ जना, मुखियापट्टी गाउँपालिकाका १ जना, जमुनीवासका १ जना, मिथिला नगरपालिकाका ६ जना, धनौजी गाउँपालिकाका १ जना र लक्ष्मीनिया गाउँपालिकाका ३ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयागशालाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News