अपडेट 
२०७७ श्रावण ३१, शनिबार ०८:०१

अबको तीन दिन पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिम नजिकै रहेकाले मध्य र पूर्वको तुलनाका पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।  तुलनात्मक रुपमा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा ठूलो पानी कम पर्नेछ । स्थानीय वायुको प्रभावले नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्नेछ । यस्तै राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो ।

अबको तीन दिन देशभरि  मौसम पूर्णरुपमा नखुल्ने मौसमविद् श्रेष्ठको भनाइ छ । तर कतै एकैछिन घाम लागेपछि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News