अपडेट 
२०७७ श्रावण ३१, शनिबार १२:२१

रौतहटमा पिसिआर मेसिन संचालन हुने र प्रत्येक स्थानीयतहमा कम्तीमा १ सय बेडको क्वारेन्टिन बनाउने निर्णय गरीएको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकोले सहल रुपमा थ्रोट स्वाबको परिक्षणका लागि जिल्ला अस्पताल गौरमा केहीसमय भित्रै पिसिआर मेसिन संचालन हुन लागेको हो । प्रदेश २ सरकारको सामाजिक मन्त्रालयबाट पिसिआर मेसिन उपलब्ध गराउने निर्णय भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताएका छन् ।

त्यस्तै, समुुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले १८ वटै स्थानीय तहले कम्तीमा १ सय वेड क्षमताको क्वारेन्टिन तत्काल संचालनमा ल्याउने भएको छ ।

जिल्ला अस्पतालमा गौरमा पिसिआर मेसिन ब्यवस्थापन तथा जिल्ला भित्र आइसोलेसन संचालनका लागि प्रत्येक स्थानीय तहले ५ लाख रुपैयाको दरले गौर अस्पताल विकास समितिको खातामा रकम उपलब्ध गराउने निर्णय गरिएको सिडियो ईन्द्रदेव यादवले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News