अपडेट 
२०७७ श्रावण ३२, आईतवार १६:००

पर्सामा निषेधाज्ञालाई अझ मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको छ । बीरगंजमा साउन १० गते देखी स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गते बाट जिल्ला भरि निषेधाज्ञा बिस्तार गरिएको थियो ।  साउन १९ गते स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम  पर्सा जिल्लाभर विस्तार जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो ।  कोरोना भाइरसको संक्रमणको चेनलाई ब्रेक गर्नकालागि निषेधाज्ञाको आदेश जारी गरिएको भएता पनि आदेशको उल्लंघन गर्दै मानिसको आवागमन पनि नियन्त्रण नभएको र संक्रमण पनि बढ्दो क्रममा रहेकोले सेना समेत परिचालन गर्नु अवस्था आएको एक सुरक्षा अधिकारीले बताएका छन ।


निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको थियो ।सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहने आदेशमा उल्लेख थियो । निषेधाज्ञा अवधीमा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक (भन्सार,आइसिपी र डाईपोर्टमा रहेका मात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।

तर सवारी साधनको संचालन लगायत आदेशका अन्य प्रवन्धहरुको समेत बर्खिलाप बढेपछि स्थानीय प्रशासन सेनालाई समेत मैदानमा उतार्ने निर्णयमा पुगेको हो । सेनाले फ्रण्टलाईनमा रहेको नेपाल प्रहरी  सीमा सरक्षाको फ्रन्टलाईनमा रहेको सशस्त्र प्रहरीलाई सहयोग पुर्याउने गरि सेना सडकमा निस्कन लागेको सुरक्षा स्रोतको भनाई छ । प्रहरी र सेनाको संयुक्त गस्ती हुने र त्यसले निषेधाज्ञालाई पालना गर्ने वतावरण बनाउने बताएको छ ।

अवस्था नियन्त्रण भन्दा बाहिर गए सेना परिचालन गर्ने प्रवन्ध त छ । सेना परिचालनको निर्णयले त्यही अवस्थालाई दर्शाउन नखोजेको सुरक्षास्रोतको भनाई छ ।

Comment


Related News

Latest News

Trending News