अपडेट 
२०७७ श्रावण ३२, आईतवार १६:३१

पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्  । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३४ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका एक सय ३४ कोरोनाका बिरामी निको भएर डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या १७ हजार तीन सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

Comment


Related News

Latest News

Trending News