अपडेट 
२०७७ भाद्र १, सोमबार ०६:०४

निजीचाहनाको भरमा देशको परराष्ट्रनीतिको संचालनहुन सक्दैन । राष्ट्रिय हित, राष्ट्रिय सुरक्षाकाप्रश्न र वाह्य सम्बन्ध संचालनकापक्ष, सधै नै दलिय सोच एवं मान्यता भन्दा माथि उठेर सामुहीक सोच एवं मान्यताका साथ अघि बढनुपर्दछ ।भूगोलको राम्ररी संचालन र उपयोग गर्न नजानेका देशले प्रगतिगर्न सक्दैन । व्यक्तिगत अथवा पार्टीगतहित एवं प्रतिष्ठाको आधारमा पराराष्ट्रनीतिको संचालनहुन सक्दैन। आशंकाको भरमा छिमेकी राष्ट्रहरुसितको सम्बन्धविगार्नु बुद्धिमानी होईन । जोशमा तथा आव्रmोशमा आएर कुनै एउटा मित्र राष्ट्रको पक्षमा उभिने तथाअर्कोको विरोध गर्न कामहुनुहुदैन । क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा नेतृत्वको स्वीकार्य तारातारात विकसित भएको हुदैन । वर्तमान सरकारको एकागीं परराष्ट्र नीतिकाकारण नेपालभारत वीचको परम्परागतएवं बहुआयमिक सम्बन्धइतिहासकैनाजुक र कठीनत्तम मोडमा उभिएको छ । वर्तमान सरकारको पालामा जनस्तरको सम्बन्ध र परस्पर विश्वासमा पनि ठुलो कमीआएको छ । सांस्कृतिक एंव धार्मिक सम्बन्धलाई कमजोर बनाउने हरसम्भवप्रयास भईरहेको छ । लाखांै नेपालीहरु भारतमा र विश्वका अनेर्को देशहरुमा पनि भारतीय मुलुकका नागरिकसित सुमधुर सम्बन्ध विकसित गरेर मित्रवतव्यवहारको आदानप्रदान गर्दै आएका छन ।

तर वर्तमान सरकारले नेपाल र नेपालीजनतालाई केवल एक देशको पक्षमा उभिन वाध्यपारि दिएको अवस्था छ । सरकारलाई सही सुझाव र सल्लाहदिन सक्ने अवस्थामा सत्ताधारी दलका ठुला नेताहरु पनि सक्षमभइ रहेका छैनन् । प्रतिपक्षीदलको तउपस्थित नै देखिदैन । सरकारको यसअदुरदर्शी परराष्ट्रनीतिको असर दशकौं सम्मरहर्नेनिश्चित छ । सिद्धान्ततः विश्वका सबै देशहक समान नै हुन्छन तर जनसंख्या, क्षेत्रफल, अर्थतन्त्र, सैन्य क्षमताएवं समृद्धि आदिकाकारण विश्वका केहि देशहरु खासएवं महत्वपुर्ण अवश्यपनि छन । वर्तमान विश्व राजनितिमा बढी लगानीगर्ने, आफनो देशमाबढी रोजगार दिने तथा सैन्य क्षमता आदी काकारण केही देशहरु अन्तरराष्ट्रिय मंचमा महत्वपुर्ण भुमिकाको विर्वाह गर्ने गरेका छन । आर्थिक रुपले सम्पन्न देश विस्तार– विस्तारै सबै क्षेत्रमा बलियो सावित भएका छन । दांता राष्ट्रको भुमिका अवश्यनै ठुलो हुन्छ । परस्पर विश्वासमा आधारित सम्बन्धले नै देशको भलो गर्दछ । सत्ताधारीदल भित्रको अन्तरकलहलाई कमगर्न तथाआफनो शासन– सत्तालाई लामो समय सम्म टिकाई राख्न दक्षिण छिमेकीसितको सम्बन्धलाई विगार्नु बुद्धिमानी होइन । भारत, चीन, अमेरिका र जापान जस्ता देश र तिनकाशासकहरु सित सबैको तुलनाहुन सक्दैनविश्वको सवै भन्दाशक्तिशाली राष्ट्र अमेरिकाको निम्तिभारत, इजराइल पछिको दोश्रो मन पराउने देशको रुपमा स्थानओगटिसकेको छ । अमेरिकाका राष्ट्रपति कार्यालय वासिंगटन डि.सी.मा समेत भारतीयमुलका अमेरिकीहरुले निकै महत्वपुर्ण पद ओगटेका छन ।

अमेरिकाको न्यायालयमा भारतीय मूलकान्याधिसहरुको संख्या पनि राम्रो नै छ । निकी हेली र बाबीजिन्दलहरु अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने प्रतिस्पर्धामा लागेका देखिन्छन । त्यहाकाप्रमुख ५०० औधोगिक तथा व्यापारिक प्रतिष्ठानका प्रमुख कार्यकारीमा भारतीय मुलका अमेरिकीहरुको उपस्थिति रहेको छ । डेमोव्रmयाटिक मात्रै होईन रिपब्लिकन पार्टीमा पनि भारतीय मुलका अमेरिकीहरुको महत्वपुर्ण भूमिका देखिएको छ । अब अमेरिका जस्तो देशको नितिनिर्धारणमा समेत भारतीयमुलकानागरिकको महत्वपुर्ण भूमिका देखिएको छ ।भारतका लगानीकर्ताहरुले अमेरिकामाखर्बौं डलरको लगानीगरेको छन । अमेरिका र भारत एक–अर्काको निम्तिअभिन्नमित्रएवं सहयोगीराष्ट्र बन्दै गएका छन् । भारतलाई संयुक्तराष्ट्र संघ सुरक्षा परिषदको स्थायी सदस्यबनाउन, जी७मा सहभागी गराउन तथा न्यक्लियर सप्लायर्स ग्रुपमा सामिल गराउन अमेरिकाले सव्रिmय भूमिकाको निर्वाह गर्न थालेको छ । भारतको लदाखको सीमाक्षेत्रमा चीन सितउत्पन्न तवावपुर्ण सम्बन्धको परिप्रेक्ष्यमा अमेरिकाले देखाएको सहानुभुति, सदाशयता र समर्थन भारत–अमेरिकावीचको विकसित घनिष्ट सम्बन्धको परिणामहो । अमेरिकामा भारतीयमूलका नागरिकको बढदो भूमिकाले हामीलाई लाभनैपुग्नेछ तर छिमेकी भारतसितको सम्बन्धलाई हामीले तिक्तताको उच्चबिन्दुमा पु–याई दिने हो भने यसवाट हामीलाई लाभहुने छैन । विश्वकाप्रायः सवै जसो लोकतान्त्रिक तथा सम्रद्ध देशहरु सित पनि हाम्रो सम्बन्धत्यति राम्रो देखिदैन । अमेरिका व्रिटेन र युरोपेली संघ लगायत विश्वका अनेकौं देशहरु नेपाललाई पनि नयादिल्ली कै आँखाले हेर्ने गर्दछन ।

तसर्थः कुनै एक छिमेकीसित विशेष सम्बन्धकायम राख्नु हाम्रो हितमाहुने छैन । दक्षिणी छिमेकीसितको सुमधुर सम्बन्धले हामीलाई हानीहोईन लाभ नै पु–याउने छ । साउथचाईनासिमा अमेरिका, जापान, अष्टेलिया र भारत वीचको चतष्कोणिय गठबन्धले चीनको बढदो एकाधिकारलाई रोक्नयथेष्ट तयारी गरि सकेकोछ । संभवतःचीनलाई यसको अनुभुति पनि हुनथालेको छ । चीनको विरोधमा सर्वप्रथम भारतले नै पाईलाचालेको हो । र ५९ वटा चिनियाएपलाई भारतमा प्रतिबन्धित गर्नुका साथै चिनिया ठेकेदार हरुको अबौं डलरको ठेकालाई पनि रद्ध गरिदिएको छ । अमेरिका र ब्रिटेनले पनि यस्तै खाले निर्णय गरेको छ । अमेरिकाले त हङकङलाई दिदै आएको विशेष मान्यताएवं सुविधा पनि खारेज गरिसकेको छ । यसरीउत्तरी छिमेकीचीनलाई पनि चारैतिरवाट घेराहाली विश्व जगतवाट एक्लयाउने दिशामा पाईला चालिसकिएको छ । जुलफिकार अलिभुट्टोको समयमा “मुस्लिम विश्वकैं नेतत्वगनै पाकिस्तान अहिले इश्लामिक राष्ट्रहरुको सम्मेलनवाट पनि भारतको विरोधमा तथा काशिमरको पक्षमा निर्णय गराउन सक्ने अवस्थामा छैन । भारत अब भुटानको डोकलाममा पुगेर पनि चीनको निर्माण कार्यलाई रोक्न सकिरहेको छ भने लद्धाख सीमाक्षेत्रमा आफनो सडक विस्तार गरी पाकिस्तानका लागि महत्वपुर्ण मानिएको काराकोरम राजमार्ग तथा चीन पाकिस्तान आर्थिक मार्ग (सिपेक) को अभियानलाई पनि ठुलो चुनौतिदिईरहेको छ । यतिमात्रै होईन , पाकिस्तानकोग्वादर बन्दरगाह चीनको निम्ति सहज र सजिलो नहोसभने दिशातिर पनि भारतले ध्यान केन्द्रित गरेको छ । श्रीलंकामा चीनको बढदो लगानी र हस्तक्षेपलाई रोक्नभारत सफल रहेको छ ।

अव तपाकिस्तानका आर्थिक एवं राजनीतिक विश्लेषकहरु पनि भारतको नियन्त्रणामा रहेको कश्मिर मुद्दालाई विर्सि पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिर, गिलगिट र बालटिस्तानलाई जोगाउनपर्ने सुझावदिई रहेका छन । चिनिया ऋणले पाकिस्तानको भलो न हुने तथा अन्ततः यसले पकिस्तानलाई चीनको दास बनाउने ठहर पनि पाकिस्तानका विश्लेषकहरुको रहेको छ । भारतको विरोध गर्दा पहिले अमेरिकी खेमा र अहिले चिनिया खेमामा पाकिस्तानले प्रवेश गरे पनि यसवाट पाकिस्तान र त्यहाँका जनतालाई फाईदा न पुगेको बरु त्यहाका श्रोत एवं साधनहरु वाट पहिले अमेरिकालाई र अहिले चीनलाई मात्रै लाभभईरहेको त्यहाका विज्ञहरुको ठहर छ । कुनै पनि देशले विदेश ऋण तथाअनुदान सहयोग लिदात्यसका विविधपक्षवारे ध्यानदिनु आवश्यक हुन जान्छ । एउटा छिमेकी माथिको निर्भरता कम गर्न अर्को छिमेकी माथि निर्भरता बढाउनु बुद्धिमानी होईन । आफनो आत्मसम्मान, स्वामिमान, राष्ट्रिय एकता एवं अखडतालाई बलियो बनाउनचाहने जो कोहीराष्ट्रले पनि आफुलाई आत्मनिर्भर बनाउनु आवश्यक छ । खोव्रmो राष्ट्रवादको नाराले अन्ततः देशलाई कङगाल नै बनाउछ । परनिर्भरता समस्याको समाधान होईन । केवल राजनीतिककारणले र उच्च आदर्श एवं सिद्धान्तको वखान तथा भुठो आश्वासनले गरीवी वेरोजगारी, मंहगीएवं भोक र रोग जस्ता समस्याको समाधानगर्न सक्दैन ।

Comment


Related News

Latest News

Trending News