अपडेट 
२०७७ भाद्र १, सोमबार १३:२४

प्रदेश २ को प्रदेशसभाबाट सर्वसम्मत पारित भएको प्रदेश सञ्चार विधेयकलाई प्रदेश प्रमुखको कार्यालयले फिर्ता पठाएको छ ।

प्रदेशसभाबाट पारित विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनहरु समेत नमिलेकाले प्रदेश प्रमुखको कार्यालयले प्रदेश सरकारलाई फिर्ता पठाइएको हो । प्रदेशसभाबाट पारित विधेयक प्रमाणिकरणका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष पठाइएकोमा उक्त विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजन लगायतका विभिन्न दफा उपदफामा रहेका त्रुटि सच्याउनका लागिआन्तरिक मामिला तथा कानून मन्त्रालयमा फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी दिएका छन । विधेयक सच्याएर आएमा प्रमाणिकरण हुने विश्वकर्माले जानकारी दिएका छन ।

Comment


Related News

Latest News

Trending News