अपडेट 
२०७७ भाद्र १, सोमबार १७:१२

धनुषाको धनुषाधाम नगरपालिकाले आज (सोमबार) देखि लागु हुनेगरि नगरक्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्लाभरि कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेकोले साबधानी अपनाउन आजदेखि लागुहुने गरि अर्को सूचना प्रकाशन नभएसम्मका लागि नगरक्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन ।

लकडाउन अवधिमा स्वास्थ्य सेवा, पशु सेवा, विपद् व्यवस्थापन तथा सरसफाई सेवब बाहेक नगरपालिकाको कार्यालय, सम्पूर्ण वडाकार्यालय, बजार लगायत सम्पूर्ण संघसंस्था तथा कार्यालयहरु पुर्ण रुपले बन्द गर्ने निर्णय गरिएको छ । अत्यावश्यक सेवा÷संस्था बाहेक अन्य सबै प्रकारका संस्था÷ सेवा÷पसलहरु प्रत्येक दिन बिहान १० बजेसम्म मात्र खोल्न आह्वान गरिएको छ । त्यस्तै, साप्ताहिक हाटबजारहरु पनि बन्द रहने जानकारी गराईएको छ ।

त्यस्तै, नगरपालिका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक सेबाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख बालेश्वर मण्डलले बताउनु भयो ।

Comment


Related News

Latest News

Trending News