अपडेट 
२०७७ भाद्र २, मंगलवार ०७:५६

कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई  कर्फ्यु  (निषेधाज्ञा) आदेश जारी भएको छ । आजबाट १० गत्तेसम्मका लागि लागु हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।
 
यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि  पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो । पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गरेको आदेशमा उल्लेख छ ।
 
जिल्लास्थित कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक काम र निर्माणकार्यलाई अवरोध नपुग्ने गरी भदौ १० मध्यरातसम्मलाई  निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए । यसक्रममा हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको आदेशमा उल्लेख छ । औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन् । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने प्रजिअ कटुवालको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News