अपडेट 
२०७७ भाद्र २, मंगलवार ११:०८

सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेर तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । 

हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो । 

Comment


Related News

Latest News

Trending News