अपडेट 
२०७७ भाद्र ३, बुधबार ०६:०२

काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

उपत्यकामा कोरोना भाइरस संक्रमण अप्रत्यासित रुपमा बढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा बढेको छ । काठमाडौं उपत्यकामा मंगलबार मात्र २ सयि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमित २ हजार ३ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News