![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/PMM-582x394-2.png)
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । विशेषज्ञ डाक्टरको निगरानीमा उहाँको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
मुखर्जीको अहिले आर्मी अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका मुखर्जीको स्वास्थ्य अवस्था जटिल बनेपछि आर्मी अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले उहाँको फोक्सोमा सङ्क्रमण भएको जानकारी दिएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीलाई गएकाे साेमबार काेराेना भाइरसकाे सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल जानुभएको थियो । शल्यक्रियाअघि परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण देखिएको हो ।