अपडेट 
२०७७ भाद्र ३, बुधबार १८:५४

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएर ४ दिनदेखि निजी अस्पतालमा उपचार गराइरहेकी उनलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

असन्तुलित मधुमेहको विरामी उनमा कोभिड निमोनिया समेत देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News