अपडेट 
२०७७ भाद्र ४, बिहीबार ०६:१५

कोरोना भाइरस एउटा यस्तो भाइरस हो जो अहिले विश्वको लगभग दुई सय भन्दा बढी देशहरूमा कोहराम मच्चाएको छ । दिन–दिनै हजारौं मानिस मृत्यु वरण गर्न बाध्य छन् । यस भाइरसको विरुद्धमा न कुनै खोप छ न कुनै औषधी । अहिले विश्व नै यस रोगबाट छटपटाइ रहेका छन् । नेपाल पनि यस रोगबाट निकै प्रभावित रहेको देखिन्छ । नेपालमा पनि दिन–दिनै कोभिड–१९ का रोगी बढी रहेका छन् । नेपालको सतहत्तरै जिल्लामा यसको प्रवेश भए पनि केही जिल्ला बढी सचेतताको कारणले कोभिड–१९ बाट मुक्त भएका छन् । खासगरी यो रोग घना आवादी भएको ठाउँहरूमा चाँडै फैलिने गरिन्छ । मानिसबाट मानिसमा सर्ने रोग रहेको हुनाले यसको रोकथाम गर्न निकै गाह्रो रहेको देखिन्छ । नेपाल मात्र होइन, ठूल–ठूला देशहरू पनि यस भाइरसबाट छटपटाइ रहेका छन् । सबै भन्दा विकसित देश को रूपमा चिनिने संयुक्त राज्य अमेरिका अहिले नराम्ररी फँसेको देखिन्छ । यता हाम्रो सबैभन्दा नजिकको छिमेकी देश भारतमा दिनहु ५०/६० हजारको दरले कोरोना रोगीहरूको संख्या थपि रहेको देख्दा, के हुने हो एउटा त्रासको भयावह स्थिति अनुभव भइरहेको छ । जहाँ पनि मानिसहरूको बिचमा कोरोना भाइरसकै कुरा चलिरहेको पाइन्छ । सबैको एउटै भनाई छ कि यसको नियन्त्रण कहिले ? यदि नियन्त्रण भएन भने यससँग लडने उपाय के त ? विश्वको चिकित्सा वैज्ञानिकहरू यस कोरोना भाइरसको खोप कसरी निकाल्ने त्यसमा व्यस्त रहेका छन् । हेरौं भविष्यमा सबैभन्दा पहिलो कुन देशले जितेर मानिसहरूलाई राहत दिने हो ? हुन त धेरै देशले दाबी गरिरहेका छन् कि हामी अब सफल परीक्षण सम्म आइपुगेका छौं तर यसको सफलता बाटैबाट हराउँछ ।

भारतका चिकित्सा वैज्ञानिकहरू समेतले परीक्षणलाई तिब्रता दिएको कुरा भारतीय मिडियाबाट सुन्न पाएको आज सप्तौं भई सक्यो तर यसको कुनै नतिजा जनता सामु आएन । केही सप्ताह पहिले भारतीय बाबा रामदेब स्वामीले पनि भनेका थिए कि मेरो पतञ्जली योग पिठले परीक्षण गर्दा शतप्रतिशत सफलता पाएको कुरा पनि विभिन्न भारतीय मिडियामा सुनेका थियौं तर यी कुराहरू विस्तारै पुनः गर्भैमा समाइ सकेको देखिन्छ । विभिन्न देशहरू यसको औषधी÷खोप कसरी पत्ता लगाउने भने होडमा खडाभएको देखिन्छ तर अहिलेसम्म कसैलाई यसको सफलता भेटेको देखिँदैन । नेपाल पनि यस रोगबाट नराम्ररी फँसीसकेको छ । दिनहु सैकडौं रोगीको बृद्धिले गर्दा पुरै नेपालीहरू एउटा त्रासको वातावरणमा बाँची राखेका छन् । सरकारहरू जोड– तोर साथ लागि परेका छन् । नेपाललाई महिनौ जति लकडाउनमा राखेर अहिले पुरै देशको लकडाउनलाई हटाउँदा केही ठाउँमा कोरोना भाइरस पुनः बढ्न थालेको देखिन्छ । यसलाई सरकारहरूले हेरेर सो ठाउँहरुमा पुनः लकडाउन शुरु गरेको छ । कुन बेला कहाँ लकडाउन लाग्ने हो ? ठेकान छैन् । देशहरूको हाल बेहाल छ । जहाँ भएपनि पूरै आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक जस्ता कार्यक्रमहरू बन्द रहेका छन् । पूरै देश थप्प छ । भोली यसको आर्थिक अवस्था कस्तो होला, ठेगान छैन् । अहिलेसम्म जेनतेन मानिसहरू किनबेच गरी आ–आफ्ना ुजर चलाइ राखेका छन् । भोलिको जीवन कस्तो रहला मानिसहरू निकै चिन्तित छन् तर पनि कतिपय मानिसहरू सम्झेर वा नासम्झेर जथाभावी गरेको देखिन्छ । यसबाट कोरोना भाइरसको दरमा तीब्रता आउन सक्छ ।

त्यसैले यस्ता मानिसहरूलाई नियन्त्रण गर्न सचेत मानिसहरूले अगाडी आउनु पर्ने देखिन्छ अन्यथा भोलि एउटा यस्तो भयावह स्थिति आउँछ जसलाई नियन्त्रण गर्न गाह्रो मात्र होइन असम्भव हुन जान्छ । नेपालमा अहिले पनि कोरोना भाइरस नियन्त्रण भन्दा बाहिर गएको देखिँदैन । यसलाई नियन्त्रणमा ल्याउन सरकारलाई हाम्रो सहयोगको आवश्यकता छ । यदि हामी सहयोग गरेनौं भने सरकार एक्लै नियन्त्रण गर्न जति प्रयास गरेपनि नियन्त्रण गर्न सक्दैन । यसलाई नियन्त्रण गर्न कुनै नयाँ कुराहरू अपनाउनु पर्दैन । हाम्रो पूर्वीय संस्कृतिले जो हामीलाई प्रदान गरेको छ ती व्यवहारहरूलाई राम्ररी प्रयोग ग¥यौं भने स्वतः कोरोना भाइरस नियन्त्रित हुन आउनेछ । पूर्वीय संस्कृतिमा जातीय प्रथा अहिले पनि चलनमा रहेको देखिन्छ । सबैसंग सबैको समीपता स्वीकार गरेको छैन् । यस्तै खानपानमा समेत बेग्ला बेग्लै बसी खानपान गर्नु रोगबाट बच्न सकिन्छ भने कुराहरू हामी विर्सिसकेका छौं । हामी पश्चिमी सभ्यतालाई विकसित सभ्यता सम्झेर आफ्ना सभ्यता बिर्सिदै गयौं जसले गर्दा हामी विभिन्न रोगमा शिकार हुँदै आयौं । यहाँ लेखकको यो भनाइ छैन कि छुवाछुत कायम रहनु पर्छ । छुवाछुत खत्म हुनै पर्छ तर उठबस, खानपान, भोज–भतेर, मेला –ठेलामा एक अर्कासंगको समाजिक दुरी कायम गर्न खोजेको हो । अर्काेतिर पश्चिमेलीहरू दिसा–पिसाब गर्दा टिसु पेपरले पोछने गर्छन जबकि हामी पानीले नधोई रहन सक्दैनौ । दिसा–पिसाब गरी बकायदा साबुन पानीले अनिवार्य रूपले हात नधोई रहन सक्दैनौं । साबुन उपलब्ध न भएको ठाउँमा माटो वा खरानीले हात सफा गर्ने चलन छ । प्राय यस्ता व्यवहार हामी बच्चालाई समेत सिकाउन पछि पर्दैनौं ।

शौचालयको प्रयोग व्यवहारमा नआएपनि यस्ता हात, खुट्टा, मुख सफा गर्ने चलन परापूर्व कालदेखी नै रहेको कुरा कही कसैबाट लुकेको देखिँदैन । अर्कोतिर परैबाट नमस्कार गर्ने संस्कृति विर्सेर जो संग पनि हात मिलाउने संस्कृति अपनाउन थाल्यौं । हामी कुनै कुराको नक्कल गर्दा अरुको खराब असलको पहिचान नगरेर नै अपनाइ हाल्छौं । हाम्रा ऋषि–मुनिहरू बनाएका नियम– व्यवहारलाई विर्सेर उसैलाई उत्तम ठानी जे पनि गर्न पछि पर्दैनौं । अहिले विश्वले हाम्रा ऋषि–मुनिले पालन गरेका व्यवहारहरूलाई खोज्न थालेका छन् । उहाँहरूले सिकाएका कुराहरूमा आमाबुवालाई श्रद्धा प्रकट गर्दा खुट्टा छोएर प्रणाम गर्ने चलन छ तथा आफुभन्दा अग्रजहरूलाई परैबाट प्रणाम तथा कनिष्टहरूलाई आर्शिवाद दिने चलन छ । यस्ता कुराहरूलाई विर्सी पश्चिमेहरूले जोकोहीबाट भेट्दा चुम्बन गरेर श्रद्धा प्रकट गर्ने चलनतिर हामी पनि अगाडि बढ्न थालेका छौं । के यस्ता व्यवहार हाम्रो पूर्वीय संस्कृतिले मान्यता दिन्छ त ! जहाँसम्म अनुहार छोप्ने कुरा छ हाम्रो समाजमा महिलाहरूमा मुख छोपेर राख्ने चलन थियो । आज विस्तारै यस्ता चलन खत्म हुने अवस्थामा रहेको देखिन्छ । सबैले विस्तारै पश्चिमेली सभ्यतालाई अनुकरण गर्न थालेका छन् । त्यति मात्र होइन, पश्चिमेली संस्कृति अपनाउँदा हामी आफूलाई बढी सभ्य ठान्छौं । यही हो सभ्यता जो हाम्रा पूर्वजले दुनियालाई सिकाएको कुरालई छाडी कता गइरहका छौं , सोच्ने मौका आएको छ । यति मात्र होइन हाम्रो धर्म अन्र्तगत जैन धर्मालम्बीहरू नाक–मुख छोपेर मात्र बस्छन । कहीं जान्छन्, प्रवचन गर्छन् आदि ठाउँहरूमा समेत मुख छोप्छन् । पश्चिमेली धर्ममा यस्ता व्यवहारहरू पाउँदैनौं । हाम्रा धर्म–संस्कृति यति धनि छ कि आज सम्म विश्वलाई केही न केही दिदै आएका छौं तर हाम्रै देशका युवा–युवतीहरू पश्चिमी धर्मलाई अपनाइ आफ्नै धर्मलाई त्याग गर्नेको कमी छैन । सन् २०११ को जनगणनाको तथ्याङ्गक अनुसार क्रिश्चियन धर्मको वृद्धिले हामी सबैलाई आश्चर्यमा पारेको छ जसलाई नियन्त्रण गर्नु नितान्त आवश्यक छ ।

भोलि धर्मको माध्यमबाट जे पनि गर्न पछाडि पर्दैन । नेपालको अवस्था अहिले पनि हातबाट बाहिर गएको देखिँदैन । सतर्कता अपनायौं भने सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ । अहिले केही सुरक्षा तथा चिकित्सा कर्मी, राष्ट्र सेवक, मेडिकल सहयोगी, न्यायाधिश, अधिवक्ता, शिक्षक तथा सर्वसाधारणलाई संक्रमित बनाएको छ भने आज हामी सचेत भएनौं भने एउटा भयावह अवस्था आउन बेर लाग्दैन् । सरकारले यसबाट बच्न केही नियम पालना गर्न आदेश जारी गरेको छ त्यसलाई अनिवार्य रूपमा पालन गर्नु पर्दछ । यस भाइरसबाट बाच्ने उपाय भनेको नियमित रूपमा साबुन पानीले हात धुन नबिर्सिनु, खोख्दा वा हाछ्यु गर्दा नाक र मुखलाई रुमालले छोप्नु, पशुजन्य मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानु, सामाजिक दुरी कम्तीमा तीन फिट कायम राख्नु, सफासुग्घर भएर बस्नु जस्ता कुराहरू रहेका छन् । यस्तैे जथाभावी भीडभाडको ठाउँबाट परै रहनु, कोरोना भाइरसका संक्रमित व्यक्तिको सम्पर्कमा नआउनु, पोसिलो खाना खानु, हरियो साग सब्जी नियमित रूपमा प्रयोग गर्न नछोडनु, नियमित व्यायाम गर्दै गर्नु जस्ता कुरालाई शतप्रतिशत पालन गर्नु पर्दछ । यति गर्दा गर्दै पनि कुनै व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा तुरुन्त अस्पतालमा गएर डाक्टरसंग सम्पर्क गर्नु पर्दछ । डाक्टरको निगरानीमा बस्नु पर्छ । यो नोवेल कोरोना भाइरस मानव जातिमा पहिलो पटक चीनको हुवान प्रान्तबाट ३१ दिसम्बर २०१९ मा पहिचान भएको थियो । अहिले सम्म संसारको अधिकांश देशहरू यस रोगबाट प्रभावित भैसकेका छन् । नेपालमा पनि यस रोग बाट २० हजार भन्दा बढी मानिसहरू प्रभावित भैसकेका छन् । पन्द्रह हजार भन्दा बढी रोगीहरु निको भै आ–आफ्ना घर फर्किसकेका छन् । नेपालमा यस रोबाट मृत्यु हुनेको संख्या सय भन्दा माथि रहेका छन् । दिन प्रतिदिन यस भाइरसबाट प्रभावित रोगीहरूको संख्या बढ्दै आइरहेका छन् । विश्वका सबै देशहरू यसको मारमा परेका छन् । यस रोगबाट कसरी बच्ने र अरूलाई कसरी बचाउने जस्ता चिन्तामा जो कोही पनि परेको देखिन्छ । कोरोना भाइरस बाट बच्नलाई जे जति प्रचारहरू प्रसारमा आएका छन् यी सबै हाम्रै संस्कृतिको देन हो । हामी आफ्ना साँस्कृतिक व्यवहारलाई विर्सिदै छौं । यी देखाइएका उपायहरू हामी पालन गर्दै ग¥यौं भने कोरोना भाइरस मात्र होइन अन्य भाइरसबाट पनि राम्ररी सुरक्षित हुन सक्छौं । अहिले सतर्कताको समय हो ।

यदि सतर्क भएनौं भने जुन बेला पनि रोग आक्रमण गर्न सक्छ । कुनै रोगले ठूला–वडा,धनी–गरीव, विद्वान–मुर्ख, शासक–शासित आदिलाई चिन्दैन । जो कोही रोगको शिकार हुन सक्छ । अहिले हामीलाई सुरक्षा दिने चिकित्सक, प्रहरी, सेना, स्वास्थ्य कर्मी आदि यस रोगबाट दिनदिनै प्रभावित भैराखेका छन् । यी जवानहरूलाई हामी जहाँ छौं त्यहीबाट उत्साह बढाउने काम गर्नुपर्दछ । उनीहरू ज्यानको बाजी लगाएर दिन–रात हाम्रो सुरक्षामा खटेका छन् । यदि उनीहरू हामीलाई सुरक्षित राख्न सकेन भने हाम्रो हबिगत के होला ! विचारणीय कुरा छ । अस्तु । लेखकः त्रिविका सेवा निवृत सह–प्राध्यापक हुन् ।

Comment


Related News

Latest News

Trending News