अपडेट 
२०७७ भाद्र ४, बिहीबार ११:४७

सुनको भाउ बिहीबार तोलामा एक हजार ६ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा पन्ध्र रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य घटेर एक हजार ९ सय ७४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News