अपडेट 
२०७७ भाद्र ४, बिहीबार १९:५३

बारामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याएलगत्तै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार बिरामीलाई अस्पताल ल्याइए पुर्‍याइको भएपनि उपचार भने गर्न नभ्याइएको बताए ।

मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी नारायणी अस्पतालले दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले संक्रमित मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको जानकारी दिए ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुने बाराका मात्रै ५ जना पुगेको छ । कुल ३२ जनाको मृत्यु भएकोमा २३ जना पर्साका र २ जना रौतहटका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News